२० असार २०८३, शनिबार

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– अब देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले विद्यार्थीहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न आह्वान गरे ।

‘भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु । उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘बधाई नानीबाबुहरु ! तपाईंहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ । फेरि पनि बधाई सबैलाई ।’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी भने ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।

गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।