१० असार २०८३, बुधबार

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष रिमालको निधन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १९ साउन । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ । वीर अस्पतालमा उपचाररत वडाध्यक्ष रिमालको सोमबार निधन भएको हो ।

नेकपा (एमाले) नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।

गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।

तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधनमा आज गाउँपालिकामा शोक बिदा दिएको छ ।