
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित नेकपा एमालेले विधान संशोधन प्रस्ताव ल्याइएको जानकारी दिएका छन् । आज नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकलाइ पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिसन र भिजनसहितको सबल नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै त्यसकै आधारमा संशोधन प्रस्ताव अघि सारिएको बताए । उनले जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी रहेको धारणा राखे ।
पोखरामा दुई दिनसम्म चल्ने बैठकले पार्टीको हालका गतिविधिको समीक्षा गर्दै समसामयिक विषयमा व्यापक छलफल गर्ने र आगामी कार्यक्रमको योजनासमेत तय गर्ने बताइएको छ ।









प्रतिक्रिया