२८ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई उपन्यास पढाउँदै प्रियासन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ साउन । नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासन यतिबेला काठमाडौँमा सर्वसाधारण देखि प्रधानमन्त्री सम्मलाई उपन्यास पढाउँदै हिडेका छन् ।

प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको कडी उपन्यास नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै उपन्यास भित्रको विषयवस्तुबारे जानकारी गराएका हुन् । कडी उपन्यास प्रियासनको ११ औ उपन्यास हो ।

उपन्यासमा देशलाई आत्मनिर्भर एवं समृद्ध बनाउने उपायको बारेमा समेत उल्लेख गरिएकाले प्रधानमन्त्रीलाई सो उपन्यास हस्तान्तरण गरिएको उपन्यासकार प्रियासनको भनाइ छ । उपन्यासमा वैदेशिक रोजगारले समाजमा पारेको असरलाई मसिनरी केलाइएको छ ।

वैशाख महिनामा बजारमा आएको उक्त उपन्यास दाङको घोराहीमा विमोचन भएको हो । प्रियासनका अनुसार हाल काठमाडौँमा उक्त उपन्यास नेकपा एमालेका महासचिव शंकर पोख्रेल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, पोलिट ब्युरो सदस्य शान्ता चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे लगायतका वरिष्ठ व्यक्तिहरूलाई उपलब्ध गराइएको छ ।

यसैगरी उपन्यासमा रुचि राख्ने अन्य दर्जनौं सर्वसाधारण व्यक्तिहरुलाई पनि उपन्यास उपलब्ध गराइएको प्रियासनले जानकारी दिए ।