१२ असार २०८३, शुक्रबार

मकवानपुरमा प्यारालाइसिस श्रीमतीको हत्या गरेर प्रहरीकोमा आफै पुगेपछि…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १७ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङ्दोलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विगतदेखि ससुराली बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान घरमा कोही नभएको अवस्थामा घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान मानबहादुर आफैले श्रीमतीको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आइपुगेका थिए । उनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले मानबहादुरसँग सोधपुछ गर्दा उनले श्रीमती प्यारालाइसिसको बिरामी रहेको र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले आफूले तनावमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको उल्लेख गरेका छन् । मानबहादुरले आफू समेत झुण्डिन खोज्दा डोरी चुँडिएपछि आफू प्रहरीकोमा आइपुगेको जानकारी गराएको प्रहरीले जनाएको छ ।