२६ जेष्ठ २०८३, मंगलबार

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनपर्छ : मुख्यमन्त्री कँडेल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताहरूको संरक्षणका लागि बाल्यकालदेखि नै संस्कारसहितको शिक्षा आवश्यक भएको बताएका छन् ।

शनिबार सुर्खेतस्थित श्री सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बाल विकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएको हुनाले यस कुरामा सचेत हुन आग्रह गरे ।

हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न हामीले सानै उमेरदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उनले उल्लेख गरे । बाल विकास कक्षामा सहभागी बालबालिकाले प्रस्तुत गरेका भजन र श्लोक वाचन लगायतका प्रस्तुतिप्रति मुख्यमन्त्री कँडेलले खुशी व्यक्त गरेका थिए ।