२१ जेष्ठ २०८३, बिहिबार

जोखिम बहन गर्ने सामर्थ्य निर्माण नगरी देश बन्दैन : शंकर पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको बताएका छन् ।

नवयुग उद्यमशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेको बताए । नेपालमा व्यापारको सम्भावना देखेर भारत सरकारले नेपालका सातवटा भन्सार विन्दुमा आफ्नै लगानी रेल ल्याउने प्रस्ताव गरेको उनले सुनाए । नेपालमा व्यापारको प्रचुर सम्झना देखेर नै भरत आफ्नो लगानी गर्न तयार रहेको पोखरेलले बताए ।

‘नेपालमा असाधारण समार्थ्य छ भन्ने अरूले बुझिसके, छिमेकीहरूले बुझिसके, हामीले हाम्रो सामर्थ्य बुझ्न सकेका छैनौँ’, पोखरेलले भने ।

महासचिव पोखरेलले नेपालमा जस्तो उत्पादन गर्नसक्ने प्रकृति अरवियन मुलुकमा हुन्थ्यो भने उनीहरूले के गर्थे भन्दै प्रश्न गरे । ‘हामीले हाम्रो प्रकृतिलाई उपेक्षा गरिरहेका छौँ, हामी नेपालमा त सम्भावना छैन, अवसर नै छैन भनिरहेका छौँ’, उनले भने । बाहिर जानेहरूले नेपाल चलेकै रेमिट्यान्सले हो भन्ने चर्चा गरेका भए पनि नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेको पोखरेलले बताए । यथार्थमा नेपालीको श्रम र पसिना भारतीय अर्थतन्त्र निर्माणमा खर्च भइरहेको उनको धारणा छ ।

म बनाउँछु मेरो देश भन्ने भावनाका साथ लाग्ने हो भने नेपाल बनाउन सकिने उनले बताए । ‘राज्य र नागरिकका बीचमा गरिहो अन्तरसम्बन्ध र सहकार्य हुँदैन, त्यो देश बन्दैन, देश बनाउने हो भने लोकतन्त्रमा राज्य र नागरिक बीचको सम्बन्ध जीवन्त र सकारात्मक हुनु पर्दछ’, उनले भने ।

जोखिम बहन गर्ने सामर्थ्य निर्माण नगरी देश नबन्ने पनि उनले बताए । देश बनाउन जोखिम मोलेरै काम गर्नुपर्नेमा उनले जोड दिए । परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने पोखरेलले बताए । परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरि पनि अभावकै दुष्चक्रमा फस्नु पर्ने उनको धारणा छ ।

लोकतन्त्रमा राज्य बलियो भएन भने देश र नागरिक बलिया नहुने उनले बताए । नागरिकले अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने गर्दा राज्य बलियो हुन नसकेको उनले धारणा राखे । पोखरेलले जहाँ अभाव छ त्यही विकासको सम्भावना हुने बताए । अभाव र सङ्घर्षले सफलता प्राप्त हुने पोखरेलले सुनाए । आयात–निर्यात मात्र सम्भावना नभएको बताउँदै उनले प्रकृति र त्यसको ब्राण्डिङ विश्व बजारमा नेपालको ठूलो सम्भावना रहेको बताए । यसको साथै नेपालसँग सबैभन्दा धेरै काम गर्नसक्ने जनशक्ति भएकाले त्यो नेपालको लागि ठूलो आधार भएको पोखरेलको भनाइ छ ।