
रौतहट, १७ साउन । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर २ मा रहेको बनाना रिसोर्टमा शनिबार बिहान आगलागी भएको छ । केराको मात्र परिकार पाउने रिसोर्टमा शनिबार बिहान करिब ३ः४० बजेको समयमा अचानक आगलागी भएको हो ।
बनाना रिसोर्टका सञ्चालक राकेश गुप्ताका अनुसार आगलागीबाट रिसोर्टमा रहेका सम्पूर्ण सरसामान जलेर क्षति भएका छन् । आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको समान क्षति भएको उनले जानकारी दिए ।
रिसोर्टमा राखिएको कृषिमा प्रयोग हुने विभिन्न मेसिनहरू र खाद्यन्न, फर्निचर, फ्रिज लगायतका समानहरू जलेर नष्ट भएको उनको भनाइ छ । यी सामनहरु काम नै नलाग्ने गरी जलेकाले करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको रिसोर्टका सञ्चालक गुप्ताले बताए ।
आगलागी घटनाको जानकारी पाउने वित्तिकै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बरुण यन्त्र (दमकल) घटनास्थलमा पुगेको थियो । अहिले आगलागी नियन्त्रणमा आएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।
आगलागीको मुख्य कारण थाहा नभए पनि बिजुली सर्टबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ ।









प्रतिक्रिया