१९ असार २०८३, शुक्रबार

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी सीता बस्यालको राजीनामा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएकी छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै बस्यालले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएकी हुन् । उनले पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग, विश्वासप्रति आभार समेत प्रकट गरेकी छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘म यो पत्रमार्फत तपाईंलाई जानकारी गराउन चाहन्छु कि म सीता बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु । पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेकी छु ।’