
काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कमिटी नै नेकपा (एमाले)मा समाहित भएको छ । पालिका कमिटीका अध्यक्ष मनकुमार स्याङ्तानको नेतृत्व कमिटी नै आज एमालेमा समाहित भएको हो ।
आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा समाजवादी इन्द्रसरोवर कमिटीका अध्यक्ष स्याङ्तानसहित उपाध्यक्ष गुणराज रुम्बा, सचिवालय सदस्यहरु जगतबहादुर स्याङ्तान, दिपेश थोकर, अनिल रुम्बा, पञ्चलाल डिम्डुङ, पेशागत महासंघ बागमती प्रेदश कमिटीका कार्यवाहक अध्यक्ष लक्ष्मी डिम्डुङ, चितवन जिल्ला अध्यक्ष पुष्प मरठ्ठा र धादिङ जिल्ला अध्यक्ष कृष्णप्रसाद दाहाल एमालेमा प्रेवेश गरेका हुन् ।
उनीहरुलाई महासचिव पोखरेल, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराई, एमाले केन्द्रीय कमिटी सदस्य तथा पार्टी संसदीय दलको प्रमुख सचेतक महेश बर्तौला लगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।
आफ्नो घर फर्केकोमा स्वागत गर्दै महासचिव पोखरेलले क्षमता अनुसारको उचित जिम्मेवारी दिइने बताउँदै आजैबाट पार्टी काममा लाग्न निर्देशन समेत दिए ।











प्रतिक्रिया