२७ जेष्ठ २०८३, बुधबार

एमालेमा केपी ओलीको विकल्प नरहेको खेलकुद महासंघको निष्कर्ष

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघको नवौं केन्द्रीय पदाधिकारी बैठकले एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

महासंघको केन्द्रीय कार्यलय मध्यबानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न ओलीकै नेतृत्व आवश्यक भएको निष्कर्ष निकालेको हो । समकालीन नेपाली राजनीति एमाले बिना र एमाले नेतृत्व ओली बिना पूरा नहुने भन्दै पार्टीको नवौं केन्द्रीय बैठकले जारी गरेको अन्तरपार्टी निर्देशनलाई अनिवार्य कार्यान्वयन गर्न तल्लो तहसम्म सर्कुलर गर्ने निर्णय बैठकले गरेको छ ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद ऐन सम्बन्धमा महासंघको धारणा निर्माण गर्न उपाध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय अध्ययन उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महासंघको दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते काठमाडौंमा र पाँचौ केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाडौंमा नै गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिए ।

सुवेदीले बैठकले महासंघ स्थापना दिवसको अवसर पारेर मंसिर १४ गते विभिन्न घटक खेल संघको आयोजनामा बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने एवम् सम्पूर्ण मातहतका कमिटीलाई अनिवार्य रूपमा न्यूनतम एक खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिइएको जानकारी दिए ।

महासंघका अध्यक्ष बस्नेतले केन्द्रीय पदाधिकारी बैठक पश्चात् महासंघ पदाधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य तथा महासंघ इञ्चार्ज जगन्नाथ थपलिया र बागमती अध्यक्ष कैलाश ढुङ्गेल सम्मिलित टोलीले बैठकका निर्णयहरू र महासंघका गतिविधि सम्बन्धका विषयहरू बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताए ।