१० असार २०८३, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडमा बस्ने बैठकका लागि बुधबार नै अजेन्डा तय गरिएको थियो ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका रहेका छन् । साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् ।