४ असार २०८३, बिहिबार

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन भ्रमण गर्ने पर्यटकको संख्या प्रत्येक वर्ष निरन्तर बढिरहेको छ । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ । जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ । ढोरपाटन शिकार आरक्ष विसं २०४० (सन् १९८३)मा स्थापित भयो र यसले विसं २०४४ (सन् १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो । यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् ।