५ असार २०८३, शुक्रबार

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जना पक्राउ परेका छन् ।

विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको ठमेल र महाराजगन्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएराति काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले रेष्टुरेन्ट तथा क्लबमा हुने झैझगडा र हप्ता असुलीविरुद्ध विशेष अपरेसन चलाएको थियो ।