३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बैठकमा ओली र देउवासहित काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक सहभागी थिए भने एमालेबाट उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी भएका हुन् ।

दुई शीर्ष नेताबीच मन्त्रिपरिषद् हेरफेर लगायत समसामायिक विषयमा कुराकानी भएको बताइएको छ ।