
रूपन्देही, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चारजना सांसदले कारागारमा पुगेर पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
आज संसदीय दलको बैठक सुरू हुनुअघि कार्यवाहक सभापति समेत रहेका डिपी अर्यालसहित चार जना सांसदले लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।
अर्यालसहित सांसदहरू असिम साह, डा. चन्दा कार्की र शोविता गौतमले रविलाई भेटेका हुन् ।
रास्वपा संसदीय दल बैठक अहिले भैरहवामा सुरु भएको छ ।









प्रतिक्रिया