१४ असार २०८३, आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो ।

माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो । अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ ।