२६ जेष्ठ २०८३, मंगलबार

तराईको विकासका लागि एमाले नै सत्तामा पुग्नुपर्छ भन्ने पुष्टि भयो : शेरबहादुर तामाङ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले तराईको विकासका लागि एमाले नै सत्तामा पुग्नुपर्ने बताएका छन् । एमाले सत्तामा पुगेपछि मात्र तराईमा विकास हुन्छ भन्ने कुरा रानी जमरा कुलरिया सिँचाइ दोस्रो तहको निर्माणले पुष्टि गरेको तामाङले बताए ।

‘तराईमा विगतमा पटकपटक सुख्खाग्रस्त हुने गर्दथ्यो, त्यही भएर जबजब एमालेको सरकार आउँछ तबतब मधेशको सिँचाइको लागि योजना बन्छ, सोही मध्येको रानी जमरा  कुलरिया सिँचाइ दोस्रो तह (१४३) हेक्टर सिँचाइ र ४.७१ मेगावाट विद्युत् उत्पादनको उद्घाटन सम्पन्न भएको छ, धन्यवाद सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, तपाईं नै त एक जना नेता जिउँदो हुनुहुन्छ यहाँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

एक जना जान्ने युवा सांसदले संसदमा हेलिकप्टर चढेर हेर्दैमा पानी पर्छ ? भनेर टिठ लाग्दो तुच्छ वचन लगाएको पनि भन्दै उनले आलोचना गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठलाई लक्षित गर्दै नेता तामाङले लेखेका छन्– ‘हो हामीलाई पनि थाहा छ– प्रकृतिको कहर मान्छेको पहुँचभन्दा भयानक र ठूलो हुन्छ, त्यसैले त आकाशबाट पानी पार्न हामीले सकिरहेका छैनौँ, अहिले कृत्रिम वर्षा गर्ने प्रविधि पनि सुरु भएको छ तर यो अहिले नेपालको पहुँचभन्दा टाढा छ, तर खोला फर्काएर सिँचाइ गर्न भने हामी सक्छौँ, त्यसैले भेरी डाइभर्सन गरेर बबईमा मिसाएर पश्चिम तराईका फाँटहरू सिचाई गर्ने अभियान एमालेले नै चलायो, सिक्टा सिँचाइ, महाकाली सिँचाइ जस्ता आयोजनाहरू सुचारु छन्, त्यसैगरी सुनकोसीको पानी मरिनमा डाइभर्सन गरेर मध्य तराईका १ लाख २२ हजार हेक्टर जमिन सिँचाई गर्ने योजना केपी ओलीले नै बनायो, हामी बनाउँदै गर्छौँ तपाईंहरू अनावश्यक आलोचना गर्दै गर्नुहोला, हामी निर्माण गर्दै जान्छौँ तपाईंहरू गफ गर्दै जानुहोला, जनताले एक दिन बुझ्ने नै छन् कसले काम गर्दै छ कसले गफ गर्दै छ ।’