३१ जेष्ठ २०८३, आइतबार

एमाले बागमती संसदीय दलको बैठक बस्दै

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ साउन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ ।

बैठक बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।

यसैगरी, बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।