
हेटौंडा, १३ साउन । बागमती प्रदेशको समसामयिक राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल गर्न नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले भोलि बुधबारका लागि बैठक बोलाएको छ ।
संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलका अनुसार भोलि बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । बैठकमा दलका सम्पूर्ण प्रदेश सभा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
बैठकमा हालको राजनीतिक परिस्थिति, सरकार सञ्चालनको अवस्था, संसदीय दलको भूमिकासहित आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ ।
बैठकका एजेण्डाबारे आधिकारिक रुपमा केही उल्लेख नभए पनि प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना, र एमालेको भूमिका सम्बन्धमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया