
हेटौंडा, १३ साउन । बागमती प्रदेश सभाका कांग्रेस सांसदहरू मिना पराजुली र माया श्रेष्ठले कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषय वस्तुबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौँ ।’









प्रतिक्रिया