२५ असार २०८३, बिहिबार

नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, १३ साउन । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् ।

मंगलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

अन्दाजी १८–२० वर्षका युवाको नाम ठेगाना खुल्न नसकेको ढकालले बताए । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आइआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको उनको भनाइ छ ।