२१ असार २०८३, आइतबार

सिन्धुलीबाट हराएका भनिएका हायु परिवार पोखरामा भेटिए

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका भनिएका हायु परिवारका सदस्यहरू पोखराको गगनगौंडामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौंडामा फेला पारिएको जानकारी दिए ।

एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए । उनीहरू शनिबार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए । आइतबार होटेलबाट निस्किएका उनीहरू सोमबार गगनगौंडामा भेटिएका हुन् ।

“प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ” उनले भने, “१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।”

उनीहरु स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले बताए । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै डेरा लिएका थिए ।

परिवारकै १६ जना केहीदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।