
काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीले नेपालमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको जानकारी दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण–४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उल्लेख गरेका हुन् ।
“गत मंसिरमा मेरो चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण–४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ ।” प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, “उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्नेछ ।”
प्रधानमन्त्री ओलीका अनुसार यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ । “निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्वपूर्ण हुनेछ ।” प्रधानमन्त्री ओलीले भने ।









प्रतिक्रिया