२२ असार २०८३, सोमबार

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौं–तराई/मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले द्रूतमार्गले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

“द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उनले काठमाडौं–तराई, मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको उल्लेख गरेका छन् ।