२५ असार २०८३, बिहिबार

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १२ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेले शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमबार शपथ ग्रहण गरेका हन् ।

मुख्यमन्त्री आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले खाली रहेको युवा तथा खेलकुदमन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका थिए ।