
काठमाडौं, १२ साउन । नेपालमा कार्यान्वयनमा रहेको एमसीसी कार्यक्रमलाई अमेरिकाले निरन्तरता दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को २०८१ चैत २२ गतेको पत्रमा नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन सन् २०२५ जनवरी २० मा अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन गरिएको उल्लेख गरिएको छ । तर, एमसीसीको २०२५ जुलाई २४ मा पठाइएको पछिल्लो पत्रमा पुनरावलोकन प्रक्रिया समाप्त भएको र नेपाल कम्प्याक्टलाई निरन्तरता दिन सिफारिस गरिएको जानकारी अर्थ मन्त्रालयले प्राप्त गरेको छ ।
एमसीसी नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।









प्रतिक्रिया