२५ असार २०८३, बिहिबार

मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १२ साउन । निरन्तर वर्षासँगै हेंवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर सडकखण्ड अवरुद्ध भएको छ । हेंवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात र ढुवानी प्रभावित भएको हो ।

यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमनामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रपुख (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिए । उनका अनुसार आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन् ।

मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो । त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते बग्यो भने तेस्रो पटक निर्माणाधिन मोडुलर ब्रिज गत जेठ ३१ गते भाचिएपछि यो खोला डाइभर्सनका भरमा छ ।

पाँचथरसहित पहाडी जिल्लामा आइतबार अपराह्नदेखि निरन्तर वर्षा भइरहेको छ ।