८ असार २०८३, सोमबार

उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरि हिजो राति स्वदेश फर्किएकी छन् ।

चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्किएकी हुन् ।

उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित सांघाई सहयोग मञ्च, मिडिया र थिंक ट्याङ्क शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।

कार्यक्रममा उनले ‘विकासको लागि शक्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा मन्तव्य राखेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका सयौ सोही प्रान्तमा अवस्थित झेङझोउ शहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गरेकी छिन् ।

उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित थिए । दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोली साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।