४ श्रावण २०८३, सोमबार

देशभर मनसुनी वायुको प्रभाव, काठमाडौं उपत्यकामा वर्षा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसले गर्दा आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी, कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले पछिल्लो १२ घण्टामा नेपालका कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।