
जुम्ला, १२ साउन । जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै घरका पाँच जना सदस्य बिरामी भएका छन् ।
आइतबार दिउँसो करिब ३ बजे जंगली च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लक्षण देखिएको थियो । बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा विष्ट र ३ वर्षीय पुजन विष्ट रहेका छन् । उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो, जहाँ हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।









प्रतिक्रिया