२८ असार २०८३, आइतबार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणता बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।