
गुल्मी, ११ साउन । घरमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज बिहान मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए । उनका अनुसार जुना आफैमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैले घरमा आगो लगाएको थिइन् ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।









प्रतिक्रिया