१९ कार्तिक २०८३, बिहिबार

मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ११ साउन । रौतहटका मुस्लिम समुदायले वर्षाका लागि इस्तिस्का (पानीको प्रार्थना) गर्दै नमाज पढ्न थालेका छन् ।

परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागी भगवान (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन् ।

रौतहटसहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज अदा गरेको स्थानीय इस्तिका अहमदले बताए । इस्तिस्का नामाज अदामा मुस्लिम समुदायका वृद्धदेखि युवासम्म सहभागी भएको उनको भनाइ छ ।

लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने धार्मिक परम्परा रहेको समेत उनले उल्लेख गरेका छन् । उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ । खडेरी (जल संकट)ले जीव जनावर, रुख बिरुवा र खेतीबाली सुक्दै गएको र पिउने पानीसम्म अभाव हुन थालेपछि विशेष नमाज अदा गर्दै अल्लाहसँग बारम्बार दुवा गरेको उनको भनाइ छ । धार्मिक परम्पराअनुसार, लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने गर्छन् ।

यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकमा पानीको अभाव र सुख्खा परेका बेला भगवान ९अल्लाह० समक्ष पानीको माग गर्ने गरिन्छ । यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक हुन्छ ।