३१ जेष्ठ २०८३, आइतबार

झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १० साउन । झापाको दमक–४ चियाबगानस्थित आज बिहान सवारी दुर्घटनामा परी साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए ।

दुर्घटनामा परेको बस र मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।