२१ असार २०८३, आइतबार

प्रधानमन्त्रीद्वारा मटिहानीको पुल र प्रसूति गृह भवनको उद्घाटन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा बिग्ही नदीमा निर्माण गरिएको ५० मिटर लामो पुलको उद्घाटन गर्नुका साथै प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् ।

शुक्रबार महोत्तरीको मटिहानी पुगेर प्रधानमन्त्री ओलीले करिब ७ करोड ५८ लाख लागतमा कालिका कन्सट्रक्सन प्रा.लि भरतपुरले निर्माण गरेको मटिहानीलाई जनकपुरसँग जोड्ने सडक सञ्जाल अन्तर्गतको ५० मिटर लामो बिग्ही पुलको उद्घाटन गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् । एक करोड अठासी हजार रुपैंयाँ लागतमा निर्माण भएको सो भवनमा अपरेशन, डिलेभरी, एनआइसीयू, ओपिडी, फार्मेसी लगायतका सुविधा रहेको छ ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, श्रममन्त्री शरतसिंह भण्डारी, प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओली मटिहानीको उद्घाटन पश्चात महोत्तरीकै बलबा नगरपालिका पुगेका छन् ।