
काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक पत्रकार सम्मेलन गर्दैछिन् ।
भण्डारीले बानेश्वरस्थित कार्की बैंकिटमा आज दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा (एमाले)ले सदस्यता नवीकरण नगरेर रोकेको छ । उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् ।








प्रतिक्रिया