
काठमाडौं, ९ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।
पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् ।
बैठकमा पार्टी र पार्टीभित्र देखिएका असन्तुष्टि, एमालेसँगको सहकार्य, पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षा लगायत विषयमा छलफल हुने बताइएको छ ।








प्रतिक्रिया