
काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जाँदैछन् । बिहान १०ः३० बजे काठमाडौंबाट महोत्तरीको मटिहानी नगरपालिकातफ प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री ओलीले नगरपालिकाको विग्ही नदीमा बनेको पुल ११ः३० मा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन् प्रधानमन्त्रीको कार्यलयले जनाएको छ । सोही नगरपालिकामा निर्माण भएको प्रसुती गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले आजै दिउँसो १ः४० बजे जनकपुर–कुर्था–सम्सी सडक खण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेसका किसानसँग भेटघाट गरेर उनीहरुका समस्या सुन्ने कार्यक्रम रहेको छ ।
‘साउनको पहिलो सातासम्म पनि धान रोपाँइ हुन सकेको छैन । त्यहाँका वस्तुस्थिति हेरौँ र स्थानीय किसानका कुरा सुनौँ भन्ने लागेको छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बाराका दिदीबहिनी दाजुभाइहरुसँग भेट हुनेछ ।’








प्रतिक्रिया