२३ असार २०८३, मंगलबार

मर्स्याङ्दी नदीमा ११ वर्षीया बालिकाको शव फेला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ९ साउन । लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित मर्स्याङ्दी नदी किनारामा एक बालिकाको शव फेला परेको छ ।

बिहीबार साँझ सुन्दरबजार–७ धारापानीका प्रेमबहादुर घर्तीकी ११ वर्षीया छोरी शान्ति मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहका अनुसार यही असार २ गते दिदी र अर्की साथीसँग मर्स्याङ्दी नदीमा गएकी शान्ति नुहाउने क्रममा पानीको छालले बगाएर बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र आफन्तले खोजीकार्य गर्दै आएका थिए ।

शिवालय मन्दिरबाट पाँच सय मिटरमाथि नदी किनारामा शान्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

आफन्तले शवको पहिचान गरेको र मुचुल्का उठाएर परीक्षणका लागि प्रदेश अस्पताल बेँसीसहरमा ल्याइएको सूचना अधिकारी शाहले बताए ।