
काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको बताएका छन् । प्रधानमन्त्री ओलीका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ ।’ उनका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो ।
‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ । निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ ।










प्रतिक्रिया