२८ जेष्ठ २०८३, बिहिबार

तीनकुनेमा एम्बुलेन्स दुर्घटना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । काठमाडौंको तीनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटनामा परेको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए ।

एम्बुलेन्समा चालक मात्र रहेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।