
काठमाडौं, ७ साउन । प्रतिनिधि सभाको आजको बैठकले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । प्रतिनिधि सभा नियमावली ७९ को नियम ११२ बमोजिम संशोधन पेस गर्न चाहने सदस्यहरुले सिंहदरबारस्थित प्रतिनिधि सभा, सङ्घीय सांसद सचिवालयमा दिनसक्ने जनाइएको छ ।








प्रतिक्रिया