३१ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्ने नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।

सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएका लगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन् ।

संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावली बमोजिम सांसदहरूले सोधेको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।