५ असार २०८३, शुक्रबार

बाढीका कारण केरुङमा अड्किएका २०३ जना नेपाली फर्कंदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ७ साउन । बाढीका कारण केरुङमा रोकिएका नेपालीहरु आज तातोपानी नाकाबाट नेपाल आउँदै छन् ।

चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार चीनीयाँ समय अनुसार बिहान सात बजे चीनीयाँ सवारी साधनमा तातोपानी नाकातर्फ लागिसकेको बताए । उनका अनुसार नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीहरु रहेका छन् ।

तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फ चीनियाँ सरकारले गरेको छ । जसमा फर्कनेमा सवारी चालक तथा बिरामी परेका र नियमित औषधी सेवन गर्ने र औषधि सकिएका गरी दुई सय तीन जना नेपालीहरु रहेको प्रमुख जिलला अधिकारी अर्जुन पौडेलले बताए ।

रसुवागढी नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई चीन सरकारले सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काएको हो ।

गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।

बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काइएको हो ।