७ असार २०८३, आइतबार

पौडी खेल्दा डुबेर बालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ६ साउन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा सोमबार पौडी खोल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरका छोराआठ वर्षीय आकाश राई मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार ६ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उपचारका लागि अस्पताल लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।