
काठमाडौं, ५ साउन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालाई १ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
पशुपति शवदाह गृह मेसिनमा भ्रष्टाचार गरेको आरोपमा मुछिएका थापालाई विशेष अदालतका न्यायाधीस तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
थापासहित १६ जनाविरुद्ध पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर भएकोको थियो ।
अख्तियारले थापा सहित १६ जनासँग १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ हानिनोक्सानी भएको भन्दै बिगो माग दाबी गरेको छ ।








प्रतिक्रिया