२४ जेष्ठ २०८३, आइतबार

फास्ट ट्रयाकतर्फ जाँदै ह्विल लोडर गाडी सडकबाट ८० मिटर तल खस्यो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ साउन । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा ह्विल लोडर गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

सोमबार दिउँसो सिस्नेरी–काठमाडौं सडकखण्डमा खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा.प्र.०३–००४ क ४४६३ नम्बरको ह्विल लोडर गाडी ब्रेक फेल भई सडकको बायाँ भित्तामा ठोक्किन गई सडकबाट अन्दाजी ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गाडी चालक महोतरीको टुटेश्वर बस्ने ३१ वर्षीय अशोककुमार महत घाइते भएका छन् । उनको निधार र पेटमा चोट लागेको र उपचारका लागि ट्रमा सेन्टर अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

लोडरमा सवार अर्का एक जना गाडीबाट हामफाली सकुशल रहेको प्रहरीले जनाएको छ ।