३१ असार २०८३, बुधबार

एमाले केन्द्रीय कमिटी बैठक सुरू (तस्वीरहरूसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो । आजको केन्द्रीय कमिटी बैठकमा सचिवालय र पोलिटव्यूरोबाट पारित विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुने जनाइएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार, विधान संशोधन प्रस्तावमा पार्टीको ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा पनि छलफल हुनेछ।