३१ जेष्ठ २०८३, आइतबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुनेछ ।

बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेस भई छलफल हुने नेता गौतमले जानकारी दिए । विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ । एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ ।

केन्द्रीय कमिटीको बैठक आज र भोलि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।